Header Ads

Header ADS

कीर्तिमानको लागि यसरी बन्यो झण्डा

Photo: www.ekantipur.com (Kiran Pandey)
काठमाडौ, भाद्र ७ - शनिबार बिहान राजधानीको टुँडिखेलमा हजारौं सहभागी नेपाली राष्ट्रिय झन्डाको आधारमा उभिएर विश्व कीर्तिमानको दाबी गरे । उनीहरुमध्ये कसैले निलो, रातो र सेतो रंगको टाउकोमा बोकेर उभिएका थिए । हजारौं मानिस उभिदा नेपालको राष्ट्रिय झन्डाको आकार लिएको थियो । Human Value For Peace and Prosperity ले Guinness Book of World Record मा नाम लेखाउनको लागि कार्यक्रम आयोजना गरेको हो । यसअघि यस्तो रेकर्ड पाकिस्तानमा ७ महिना अघि बनेको थियो । हजारौं मानिसहरु उभिएर १ लाख १० हजार स्क्वायर फिट भन्दा ठूलो आकारको मानव निर्मित राष्ट्रिय झन्डा बनेको आयोजक संस्थाका अध्यक्ष भवेश खनालले बताए । नेपालको फरक खालको राष्ट्रिय झन्डाको प्रचार र राष्ट्रिय एकताको सन्देश दिन पनि यस्तो कार्यक्रम आयोजना गरिएको खनालले बताए । संस्थाले डेढ महिनादेखि सहभागीको लागि आवेदन खुला गरेको थियो । कार्यक्रममा सहभागी बन्नको लागि ३७ हजार बढीले आवेदन दिएका थिए । आज बनाइएको राष्ट्रिय झन्डाले पाकिस्तानमा ७ महिना अघि बनेको कीर्तिमान तोड्ने विश्वास लिइएको  छ ।
Powered by Blogger.