Header Ads

Header ADS

प्रतिभा निखार्दै नेशनल एक्टिङका प्रतियोगी

काठमाडौ । युवा युवतीको अभिनय कला निखार्ने प्रतियोगीता ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’का अन्तिम स्पर्धी प्रशिक्षमा जुटेका छन् । पहिलो र दोस्रो चरणको अडिसन मार्फत देशभरबाट छानिन सफल ५० प्रतियोगी इन्टरनेशनल क्लब सानेपामा प्रशिक्षणमा जुटेका हुन् ।


प्रशिक्षण मार्फत प्रतियोगीका कला निखार्ने काम भने कलाकार अनुप बराल ,दिया मास्के, बिक्रम परियार ,देव न्यौपानेलगायतले गरिरहेका छन् । अभिनय ,नृत्य, संगीत, गायन, ब्यक्तित्व बिकाश, फेसन ओरिन्टेसन, सेल्फ मेकअफलगायत बिषयमा उनीहरुले ज्ञान हासिल गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

युवा युवतीको अभिनय कला पहिचान गरि नेपाली चलचित्र तथा अभिनय जगतमा नयाँ आयाम ल्याउने उदेश्यले नेपालमा आयोजित अभिनयको यो पहिलो प्रतियोगीता हो । ३५ दिनको प्रशिक्षण पछि मात्र प्रतियोगी अन्तिम स्पर्धामा उत्रिने छन् । अन्तिम स्पर्धामा टप २०, टप १०, टप ५ हुँदै उत्कृष्ट एक अर्थात बिजेता छानिने छ ।
आउँदो मंसिर अन्तिम साता आयोजना हुने अन्तिम स्पर्धाका बिजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

No comments

Thank You For Your Comment

Powered by Blogger.