Header Ads

Header ADS

लायन्स क्लबद्वारा स्टेशनरी वितरण

बाल दिवसको अवसर पारेर रत्ननगरमा रहेको लायन्स क्लब अफ चितवन राइनो सिटीद्वारा शक्तिखोर–३, सुपार स्थित विपन्न चेपाङ विद्यार्थीहरुले मात्र अध्ययन गर्ने श्री राष्ट्रिय प्राथमिक विद्यालयका १०३ जना विद्यार्थीहरुलाई १ बर्षलाई पुग्ने कापी, कलम र झोला वितरण गरेको छ । क्लबका तर्फबाट अध्यक्ष लायन्स राजाराम रेग्मी, सचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष वेद प्रसाद आचार्य, पूर्व अध्यक्षहरु दीपक कुमार खनाल, चित्र बहादुर रायमाझी र सदस्य रामशरण सिंखडा, लियो क्लब अफ रत्ननगरका ४ सदस्यहरु एवं रेडियो अर्पण १०४.५ मेगाहर्ज एवं अभियान टेलिभिजनका प्रतिनिधि सहित १२ जनाको टोली उक्त सामाग्री सहित हिजो नै उक्त सुगम जिल्ला भनेर चिनिएको चितवनको शक्तिखोर बजारदेखि करिब ६ कि.मी. उत्तरमा डाडोको केही समतल स्थानमा रहेको उक्त विद्यालयमा पुगी कार्यक्रमको आयोजना गरेको थियो । क्लबका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षता एवं उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मान बहादुर प्रजा, विद्यालयकी प्रधानाध्यापिका सीता श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष चित्र बहादुर रायमाझी, उक्त कार्यक्रमका कार्यक्रम संयोजक वेदप्रसाद आचार्यले बोल्दै बाल हकहित र संरक्षणका निमित्त पिछडिएका र विपन्न बालबालिकालाई विद्यालयसम्म ल्याई पु¥याउने वातावरणको सिर्जना गर्नु र पर्याप्त पाठ्यसामाग्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न वर्गका र चेपाङ मात्र अध्ययन गर्ने विद्यालय भएको र विद्यालय गएर पनि पाठ्यसामाग्री अभाव भएकाले पूर्ण शिक्षाबाट बञ्चित हुनुपरेको दर्दनाक अवस्थाको जानकारी पत्रकार एकल सिलवालले दिनुभएपछि क्लबले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक बर्ष बाल दिवसको अवसर पारेर स्टेशनरी वितरण गर्ने कार्यक्रमलाई यस वर्ष यो विद्यालयको छनौट गरेको कार्यक्रमका कार्यक्रम संयोजक एवं रेडियो अर्पण १०४.५ मेगाहर्जका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले जानकारी दिनुभयो । साथै उक्त क्षेत्रमा स्वास्थ्यको समेत न्यूनतम जनचेतना नभएकोले स्वास्थ्य, शिक्षा जस्ता न्यूनतम आधारभूत विषयमा सम्बन्धित जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय समेतले ध्यान दिनुपर्नेमा समेत आचार्यले जोड दिनुभयो । कार्यक्रममा स्थानीयले उमेर पुगेर पनि बृद्ध भत्ता नपाएको, यहाँको उब्जनीले ३ महिना मात्र पुग्ने बाँकी गीठा, भ्याकुरकै भर पर्नुपर्ने, दशैंमा समेत चामल देख्न नपाउने, गरिबीले कुपोषण र न्यानो कपडा समेतबाट वञ्चित हुनुपरेको र सदरमुकाम जान समेत नसक्ने भएकाले सरकारी मान्छे एवं सरोकारवाला समेत कोही कसैलाई नचिनेको गुनासो व्यक्त गरेका थिए । उक्त कार्यक्रममा आगामी दिनमा पाठ्यसामाग्रीको सहज पहुँच पु¥याउने भन्दै कृषि सामाग्री सप्लायर्स रत्ननगरका राजाराम रेग्मी, मुनलाईट ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक चित्र बहादुर रायमाझी, लिटिल स्टार आ.मा.वि.का प्रधानाध्यापक पुष्पराज श्रेष्ठ, सुलभ मार्केटिङ रत्ननगरका रामशरण सिंखडाले पाँच÷पाँच हजार गरी २०,०००÷– प्रत्येक बर्ष प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ । कार्यक्रममा रत्ननगरमा रहेको ईन्टरनेशनल मनि एक्सप्रेस प्रा.लि., शाखा अरुण ईम्पेक्स, कृषि सामाग्री सप्लायर्स, कृषा ईन्टरप्राईजेज हेटौंडा, मुनलाईट ईङ्गलिस बोर्डिङ्ग जुटपानी, महादेव ईट्टा उद्योग पिठुवा, अभियान टेलिभिजन भरतपुरले आर्थिक एवं पाठ्यसामाग्री सहयोग गरेका थिए ।  

Powered by Blogger.