Header Ads

Header ADS

दुम्सीलाई मार्न खोज्दा दुईजनाको ज्यान गयो

भदौ-२४, सल्यान ।
दुम्सी मार्न गएका सल्यान बामेका दुईजनाको ज्यान गएको छ । वामे गाविस वडा न ९ पाट्केका २२ वर्षिया
भद्रबहादुर बुढा र ३८ वर्षिया सेतिराम बुढाको ज्यान गएको हो ।

दुम्सी मार्नका लागि भनेर दुलोमा आगो लगाएर दुलो भित्र बसेका उनीहरुको दुलो भित्र नै ज्यान गएको हो । उनीहरुले उक्त ठाउँमा श्वासप्रश्वास लिन नसक्दा ज्यान गएको बताइएको छ । हिजो बिहान दुलोमा आगो लगाएका उनीहरुले साँझतिर दुम्सी म¥यो होला भनी दुलो भित्र पसेका उनीहरु आगोको धुँवाले निसासिएर ज्यान गएको स्थानीय धनीराम चलाउनेले जानकारी दिए ।

बिहानै कोठाबाट निस्किएका उनीहरु साँझसम्म पनि कोठामा नफर्किएपछि खोजी गर्दा बामे ३ खन्याचौर जंगलमा उनीले राखेको सामान दुलो बाहिर देखेपछि भित्र हेर्दा मृत्त भेटिएको उनले जानकारी दिए । दुम्सीको दुलो निकै भित्रसम्म भएकाले श्वास प्रश्वासका कारण ज्यान गएको बताइएको छ ।

गणपति रोजिन एण्ड टरपाईन प्रालिमा कार्यरत मजदुर उनीहरु सल्लाको खोटो निकाल्न जंगल गएका थिए । वामे ३ मा डेरा गरी बस्ने उनीहरु बिहान खोटो निकाल्न जंगल गएका थिए ।

source: http://dainikkhabarnp.blogspot.com
Powered by Blogger.