Header Ads

Header ADS

अन्जुलाई अप्ठ्यारो परेपछि भिडियो डिलिट अभियान

काठमाडौं, २४ भाद्र । भाद्र २३ गते खबर साथीले एउटा भिडियो प्रमाणसहित खबर सम्प्रेषण गरेको थियो । पछिल्लो पटक अन्जुले रुदै आफू कुनै पनि धर्मप्रति बायस होइन, आफूलाई सन्चो नभएर मात्रै सहदेव भाईको गीत गाउने आग्रह पूरा गर्न नसकेको भिडियो सार्वजनिक भएको थियो । उनले भिडियोमा भनेकी थिइन्, ‘मैले त्यस्तो धर्मका कारण नगाएको होइन, सन्चो नभएर हो, राम्रै मुखले पछि गाउँछु भनेको थिए तर गलत ढंगबाट प्रचार गरियो ।’
अन्जुको यो भनाइ आएपछि खबर साथीले एक वर्षअघिको एउटा भिडियोसहित उनको वास्तविकता सार्वजनिक गर्यो भाद्र २३ गते । सन् २०१३ अगस्टमा ललितपुरको धोबिघाटमा ख्रीष्टीय कला संघ नेपाल (क्यान)ले आयोजना गरेको एक कार्यक्रममा रेकर्ड गरिएको त्यो भिडियोमा अन्जु पन्तले प्रष्ट भनेकी थिइन्, ‘‘मैले क्रिष्टियनका प्रभु परमेश्वरबाहेक अन्य धर्मका भगवानको नाम जोडिएको गीत र भजन गाउन आएको प्रस्ताव इन्कार गरिदिए ।’
बचन पत्रिकाको एकाउन्टबाट युट्युबमा अपलोड गरिएको त्यस भिडियोलाई खबर साथीले जस्ताको तस्तै लिंक राखेर सार्वजनिक गरेको थियो । तर खबर सम्प्रेषण भएको केही घण्टामै त्यो भिडियो एकाउण्टबाटै हटाइएको छ । खबर साथीले यसो हुन सक्ने आशंका पहिल्यै गरेको थियो । त्यसैले भिडियो डाउनलोड गरेर पहिल्यै सुरक्षित गरेको थियो । अन्जु पन्तलाई अप्ठ्यारो परेपछि युट्युबबाटै डिलिट गरिएको भिडियोमा अन्जुले खास यस्तो भनेकी थिइन् ।

यसरी हटाइयो भिडियो
 

धोबिघाटमा अन्जुले बोलेको भिडियो अंश –
यो प्रमाणले फेरी अन्जुलाई थप विवादित बनाएको छ, उनले ढाँटेकी थिइनन् भने किन डिलिट गरियो युट्युबबाट एक वर्ष पुरानो प्रमाण ?

Source: www.khabarsathi.com
Powered by Blogger.