Header Ads

Header ADS

जहाँ रहेपनी लोकगीत संगीतको मायाले तानी रहन्छ- कमल खनाल

बिगत केही बर्षदेखी अमेरिकामा आफ्नो कर्मथलो बनाउदै आएका लोकदोहोरी गायक कमल खनालले आफु जहाँ रहेपनी लोकगीत संगीतको माया मार्न नसक्ने बताएका छन । प्रेस्टिज मिडिया प्राली द्वारा उत्पादित तथा देशका ३० भन्दा बढी एफ. एम. रेडियोबाट प्रसारण हुने चर्चित रेडियो कार्यक्रम मनिराम बा को कुटीमा  अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन । आफु अमेरिका जानु भन्दा पहिला र अहिले लोकगीत संगीतको माहोल एकदमै फरक भएको समेत बताएका छन ।

पहिला पहिला उत्कृष्ट सिर्जनाको कदर हुन्थ्यो ,एउटा गीत निकाल्न केही समय लाग्थ्यो मिहेनत गर्नु पर्थ्यो तर आजभोली जस्ले जस्तो गरेपनी हुने ,जस्तो गाएपनि हुने केबल हल्ला र चर्चाका लागी मात्र गीत निकाल्ने क्रम बढेकाले लोकसङगीतमा बेथिती आएको भन्दै गुनासो समेत गरेका छन । साथै उनले नेपालको बर्तमान स्थिती देख्दा आफुलाई निकै चित्त दुखेको समेत बताएका छन । नसक्ने जती खाडी मुलुक जाने सक्ने,पढेका तपाईंहरु जस्ता श्रस्टा कलाकार अमेरिका,अस्ट्रेलिया लगायतका ठुला-ठुला मुलुक गएर बस्ने अनी कसरी हुन्छ देशको बिकास रुरु यस्तो क्रमले दिर्घकालमा कस्तो असर पार्ला रुरु भन्ने मनिराम बाको जिज्ञासामा उनले आफु केबल केहीसमयका लागिमात्र केही हेर्न,सिक्न अमेरिका बसेको र स्वदेशमै काम गरेर खान सक्ने वातावरण हुन्छ भने आफु सदैब नेपाल बस्न तयार रहेको समेत बताए। गायक खनाल आफु केहीदिनको बिदामा नेपाल आएको अबसर पारेर नयाँ गीतको तयारीमा जुटेका छन उनको नयाँ गीत रेकर्ड भईसकेको छ र अबको केहीदिनमा सार्वजनिक गर्ने समेत बताएका छन । 

बर्षको एकपटक बिदामा नेपाल आएर कमसेकम १,२ वटा गीत भए पनि निरन्तर निकाल्ने योजना रहेको समेत उनले जानकारी गराए । खनालका बालाचुराले, डाली पलायो, मायामा रिन लायो, माया मारे है, इराकको घटना,  पन्चेबाजा लगायतका दर्जन भन्दा बढी गीत निकै चर्चामा रहेका थिए । कार्यक्रम मनिराम बा को कुटी शनिवार देखी बुधवार सम्म देशका बिभिन्न एफ एम रेडियो बाट फरक(फरक समयमा सुन्न सक्नुहुनेछ ।

No comments

Thank You For Your Comment

Powered by Blogger.