Header Ads

Header ADS

चितवनको कालिखोला बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, १६ जनाको सनाखत

चितवन,भदौ १०-
रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस नारायणगढ मुग्लिङ सडक खण्डमा पर्ने त्रिशूली नदीमा खस्दा २२ यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

सनाखत हुनेमा अधिकांश रौतहटका छन्।
१. अविनाश चौधरी -गौर – रौतहट         
२. जितेन्द्र गिरी – इनरवारी – रौतहट
३. गणेश गिरी – इनरवारी – रौतहट
४. राकेश यादव – गौर – रौतहट
५. राजेश प्र. यादव – मुडवालवा – रौतहट
६. चितरंजन यादव – मुडवालवा – रौतहट
७. गणेश साह – गौर – रौतहट
८. ललन प्रसाद – राजपुर कुडिया – रौतहट
९. संजय कुमार – गौर – रौतहट
१०. राजेश गुप्ता – गौर – रौतहट
११. बिगन – राजपुर तुलसी – रौतहट
१२. दिलिप – गौर – रौतहट
१३. बनेकु राम – बसहरीया श्रीमराई – भारत         १४. चन्देश्वर – विहार – भारत
१५. रामसागर भगत – मोनाडारा – भारत             १६. दमेरलु साह – विहार – भारत
अरु विवरण आउन बाकी छ।
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चन्डीभन्ज्याङ गाविसको कालीखोलास्थित त्रिशूली नदीमा बस खसेको हो।दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरि अहिले उपचार भैरहेको छ । घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको थियो। बसका चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सहचालक घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।दुर्घटनाग्रस्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । उक्त बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए। अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिए।
मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो।
भिडियो हेर्नुहोस्:

No comments

Thank You For Your Comment

Powered by Blogger.