Header Ads

Header ADS

जोयाले आदर्श नारी बिकास केन्द्रलाई धन्यबाद दिदै गर्दा केन्द्रका अभियानकर्तालाई ज्यान मार्ने धम्कि

चितवन ८ भदौ, फिलिपिनी नागरिक जोयालाई यस आदर्श गृहले उद्धार गरि संरक्षण पश्चात उनकै इच्छा अनुसार भएको घटनाक्रमका विषयलाई लिएर सामाजिक संजालमा संस्थासंग जोडिएका विषयलाई भ्रमपूर्ण तरिकाबाट प्रकाशित/प्रसारित खबर संगै संस्था र संस्थाका अभियानकर्ताहरुलाई ज्यान मर्नेसम्मको धम्की आएकोमा यस संस्था दुख व्यक्त गर्दै आपत्ति प्रकट गर्दछ ।

सामाजिक सञ्जालमा आएजस्तो यो विषयमा संस्थाले मानवीय सेवाभावले गरिएको यस सेवाको विषयमा अतिरन्जित तरिकाबाट प्रचारित विषयहरुले हामीलाई दुखि बनाएको छ । संस्था र संबन्धित व्यक्तिहरुप्रति असुरक्षा महसुश भएको हुदा सम्बन्धित घटना र विषयका सम्बन्धमा तत्काल छानबिन गरि दोषीमाथि कडा कारवाहीको लागि स्थानीय प्रशासनसंग अनुरोध गर्दछौं । साथै अहिलेसम्म कहिँ कतैबाट आधिकारिक जानकारी सूचना सोधपुछका लागि हामीसंग सम्पर्क भएको छैन । तथापी हाम्रो भूमिका र तत्कालिन घटनाको अवस्थाबारे जिल्लाका संवन्धित सरकारी निकाय, अधिकारकर्मी सम्पूर्णलाई यथार्थ जानकारी छ ।
सामुहिक समन्वयका साथ एक महिला सहित उनको साथमा रहेका दुई छोराको सडकमा अलपत्र अवस्थामा फेला परि आदर्श गृहमा ल्याईएकी फिलिपिनी नागरिक जोया करिव चार महिने संरक्षण पश्चात उनैको आफ्नो मातापिता तथा परिवारलाई भेट्न स्वदेश फर्कने चाहना अनुसार पारिवारिक सल्लाह बमोजिमनै फिलिपिन्स कन्सोलेट अफिसमा सम्पर्क गरि आवश्यक प्रक्रिया पुरा गरि यही श्रावण ३१ गते सोमबार स्वदेश फर्काइएकी हुन् ।
तर त्यस पछाडिका केहि दिनहरुमा समाजमा भ्रम फैलाउने, प्रमाणविहिन, कपोकल्पित, तथ्यहीन सामाग्रीहरु सामाजिक संजालमा शेयर गरेर सामाजिक सदभावमाथि बिचलन लयाउन खोज्नु र व्यक्तिगत जीवन प्रतिष्ठा, संस्थागत छविमाथि निराधार रुपमा धावा बोल्ने, साइबर क्राइम गर्न खोज्ने, धम्कीपूर्ण चेतवानी प्रति आदर्श गृह परिवारको ध्यानाकर्षण भएको छ र सो प्रति हाम्रो घोर आपत्ति छ ।
५ वर्ष भन्दा लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेकी निज महिला जोयाको एकमात्र चाहना स्वदेश पुगी आफ्नो परिवारसंग भेट गर्नु थियो | उनको चाहना अनुसार नै उनलाई पारिवारिक पुनर्मिलन गराइएको छ |
जोया र जीवन मगरको पारिवारिक मिलन र समस्या समाधान साथै निजको विवाहदर्ता, बच्चाहरुको जन्मदर्ता लगायतका प्रक्रिया निकै चुनौतीका साथ लामो प्रयास गरिएता पनि कानुनी जटिलताका कारण त्यसले पूर्णता पाउन सकेन । त्यस सम्बन्धमा निजको परिवार, आमा र जीवन मगरको उपस्थितिमा नै पटक पटक जिल्ला प्रसाशन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, रत्ननगर नगरपालिका र सम्बन्धित वडाहरु, राजनीतिक दल, छिमेकीहरुको उपस्थितिमा समन्वय गरि उनको पीडालाई सेवाभावले हामीले आवश्यक प्रक्रिया शुरु गरेका थियौं । जसको साक्षीहरु निज जीवन मगर, उनको आमा, स्थानीय नागरिकहरु रहेका छन् । पीडक जीवन मगर लाई कानुनी दायरामा ल्याई कारवाही गर्ने प्रतिवद्धता स्थानीय प्रशासनले गरिसकेको छ ।
नेपालमा रहदा पीडक जीवन मगरको कारणबाट पासपोर्ट तथा भिसा बिहिन भई गैरकानूनी रुपमा बस्न बाध्य उनको संरक्षण गर्नु नै संघर्षपूर्ण र जोखिम कार्य थियो । नेपालको कानून र फिलीपिन्सको कानुनी व्यवस्था अनुसार नै जोयाको पारिवारिक पुनर्मिलनको लागि बिदाई गरिएको हो । यदि जोयाले पीडकलाई कारवाही गर्न चाहन्छिन भने अब उनलाई मार्ग प्रसस्त भएको छ । र नाबालक २ छोराहरुको आमासंग बस्न पाउने नैसर्गिक अधिकार हो । घरमा पुगी परिवारजनसंग भेट्न पाउदका उनका खुशीका शब्दहरु तस्विरका साथमा सामाजिक संजालमा आइरहेका छन । उनले स्वदेश फिर्ती अभियानमा आफुलाई सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यबाद समेत व्यक्त गरिसकेकी छिन ।
भिडियो हेर्नुहोस्: 

No comments

Thank You For Your Comment

Powered by Blogger.